Fund Us

शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल

हेटौंडा, मकवानपुर

आउनुहोस सहयोगी हातहरु बढाऔं ।
हामी तपाईको सहयोगी हौं । के तपाई समाजसेवा भएको चाहानुहुन्छ ?
धनले होइन मनले कर्म गरौं । तपाईको सानो सहयोगले कसैको जीवन बचाउँछ ।
शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल
Education Training & Service for Community
संस्थाको परिचय :

शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ETSC Nepal) वि.सं २०५६ सालमा जिल्ला प्रशाशन कार्यालय मकवानपुरमा दर्ता भई हालका दिन सम्म सिमान्तकृत तथा संकटाभिमु‌खतामा रहेका र विभिन्न समुदायका व्यक्ति, परिवार तथा समुहहरुमा मानिसहरुको चेतना वृद्धि गर्नुको साथै उनीहरुको जीवनयापन गर्ने ज्ञान, सीप, क्षमता बढाउँदै परिवार विकासको निम्ति, महिला समुह, पुरुष सहयोगी समुह र तिनका बालबालिकाहरुलाई सहभागी गराएर कार्य गरिएको संस्था हो ।

संस्थाको दर्शन : समृद्ध र सिद्ध समाज निमार्ण गर्ने ।
संस्थाको उद्देश्य : संकटाभिमुख समुदायको स्रोतहरु माथि को पहुँच वृद्धि गर्दै सृष्टीको हेरचाह र प्रेमद्वारा सिद्ध समाज निमार्ण गर्ने ।

सहयोगको क्षेत्र:

हामी, तपाई सहयोगी मित्र/संस्थाहरुलाई निम्न क्षेत्रहरुमा सहयोग गरि योग्य, सक्षम र सवल नागरिक निर्माण गर्न सहयोगी हात बढाउन इटिएससी-नेपाल परिवार हार्दिक अनुरोध गर्दछौं। तपाईले निम्न क्षेत्रमा सहायता पुऱ्याउन सक्नु हुनेछ ।

शिक्षामा सहयोग कार्यक्रम:

अति विपन्न बालबालिकाहरुलाई सुयोग्य नागरिक बन्न सहायता प्रऱ्याउन आवश्यकता र परिस्थिति अनुरुप आवधिक वा आशिंक वा वार्षिक तवरले शिक्षा प्राप्त गर्न सहयोग गरिनेछ ।

साना व्यवसाय तथा आय आर्जन:

यस कार्यक्रमले साना व्यवसायहरु विकास गराउन आवश्यक तालिम, परामर्श र भौतिक पूर्वाधार जुटाउनमा
सहायता दिइनेछ । सहायता कार्यक्रममा संस्थाले कार्यक्षेत्रलाई प्राथमिकता दिइनेछ । साना व्यवसाय अन्तरगत चिया पसल, किराना पसल, गाई, भैंसी पालन, बाख्रा पालन, करेसाबारी, पेशागत सीपहरु र स्वरोजगार वृद्धि गर्ने तालिमहरु लगायत अन्य उद्यमविकासमा सहायता गरिनेछ । यो कार्यक्रमद्वारा पारिवारीक सक्षमता बृद्धि भई शिक्षामा पहुँच वृद्धि हुनेछ ।

विपतीमा परेकाहरुलाई सहायता:

अतिव न्यून परिवारका सदस्यहरु दुर्घटना, प्राकृतिक विपति, विमारी परेकाहरुलाई आकस्मिक रुपमा सहायता गर्नुले उनिहरुको जीवनपर्यन्त सक्षमता निर्माण गर्ने हुनाले यो सेवा द्वारा ठूलो कल्याण र न्याय कायम हुने कार्यमा यहाँहरुको सानो सहायताको ठूलो प्रतिफल परिणामको रुपमा प्राप्त हुनेछ ।

सहायताको लागि यहाँ स्क्यान गर्नुहोस् ।

तपाईले उपलब्ध गराउनु भएको अमूल्य सहायता प्राप्त गर्ने सेवाग्राहीको प्रगती सूचित गर्नुको साथै व्यक्तिगत भेटघाट/संगतीको अवसर आयोजना गरिनेछ ।
Bank Name : Nabil Banak Ltd.
Branch : Hetauda
Account Name : ETSC Nepal
Account Number : 02301017503662
सम्पर्क ठेगाना
इटिएससी नेपाल
पो.ब. नं. १८, हेटौंडा, मकवानपुर, नेपाल
फोन नं. : ९८१९२५९६२४, ९८४९९७०१७४
इमेल : etscnpl1@gmail.com

रमेश ल्वागुनको प्रेरणादायी कथा

मकवानपुर ठीङ्‌‌ङ्गनका रमेश विश्वकर्माले जीवनभर जातीय विभेद, आर्थिक अभावका कारण सामाजिक बहिष्कारको सामना गरे। कठिन घडीमा कोही साथमा थिएनन्, विदेश जाने सोच पनि स्वास्थ्य र उमेरले रोकेको थियो । त्यही बेला संस्थाले ठीङ्‌ङ्गनमा सुरु गरेको स्वनिर्भर समुह रमेशका लागि आशा बनेर आयो। शुरुवातमा सात सदस्यले रु.१००।- मासिक बचत बाट सुरु भएको समुहले पछि रु.५ लाख सम्मको ऋण दिन सक्ने पहुँच बनायो । सोही समुहको ऋणबाट रमेशले न्युन ब्याजदरमा गाई किने र दुग्ध व्यवसाय थाले । तर जातीय विभेदका कारण दुध नबिकेपछि उनले श्रीमतीसँग खुवा बनाउने निर्णय गरे । खुवाको राम्रो बजार पाएपछि व्यवसाय फस्टायो। अहिले उनी मासिक झन्डै रु.२५,०००।- कमाउँछन् । आज रमेशको परिवार आर्थिक रुपमा सक्षम छ । उनको हार नमान्ने प्रयत्न गरिरहने संघर्षले उनी समाजमा सम्मानित व्यक्तित्व बनेका छन् ।

सानो व्यवसाय

पद‌पोखरीकी ३१ वर्षीया विनिता बि.क. संगालो स्वनिर्भर समुह की सक्रिय सदस्य हुन् । श्रीमान् अन्यत्र काम गर्ने र आफू आफ्नो घरमा साना बच्चाहरूसँग बस्दै आएकी विनिता अहिले आफ्नै मेहनतबाट जीविकोपार्जनमा उदाहरणीय बनिन् । संस्थाको सहयोगमा संचालन भएको समुह सिकाइ र सहायतापछि उनले आफु सदस्य रहेकी स्वनिर्भर समुहबाट रु.३०,०००।- रुपैयाँ ऋण लिएर १५ वटा कुखुराबाट व्यवसाय सुरु गरिन् । छोटो समयमै लगानी फिर्ता गरी रु.२५,०००।- नाफा कमाउँदै आत्मविश्वास बढाएकी विनिता पछि रु.८०,०००। ऋण लिएर आफ्नो कुखुरा पालन व्यवसाय विस्तार गरिन् । हाल उनले १०० वटा लोटन जातका कुखुरा पाल्न थालेकी छन् । केही कुखुरा बिरामी भएर मरे पनि बाँकी कुखुरा राम्रोसँग हुर्किरहेका छन्, जसले उनलाई अझ ठूलो उद्यमी बन्ने प्रेरणा दिएको छ ।
सस्तो ब्याजमा ऋण, समूहको हौसला, र आफ्नो मेहनतले विनिता आज आत्मनिर्भर बन्न सफल भएकी छन् । उनको सपना अब पूर्ण रूपमा कुखुरा व्यवसायी बन्ने हो ।

मंगली माया घलान